Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


ज्यापु समुदायले निर्वाह गरेको भूमिका अतुलनीयः राष्ट्रपति भण्डारी


0
Shares

१४औ ज्यापु दिवसको अवसरमा ज्यापु साँस्कृतिक विकास कोषले आइतबार बसन्तपुरमा गरेको कार्यक्रममा शुभकामना दिदै राष्ट्रपति भण्डारीले ज्यापु समुदाय आफ्नो भाषा सँस्कृती नयाँ पुस्तालाई हस्तान्तरण गर्न पनि सफल भएको बताइन् ।

कार्यक्रममा ज्यापु साँस्कृतिक विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले ज्यापु समुदायको परम्परागत कृषी पेशा शहरीकरणका कारण धरापका परेको भन्दै गुनासो गरे ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौको कला र सँस्कृती जोगाउन गहन भूमिका खेल्ने बताए ।

कार्यक्रमा ज्यापु समुदायको भाषा, कला, सँस्कृती जर्गेना गर्न सहयोग पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो ।

जसमा ज्यापु रत्न सम्मानवाट रविन्द्र ज्यापु र ज्यापु सरस्वती सम्मान नातिगत महर्जनलाई प्रदान गरिएको थियो ।