महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार उपत्यकामा भित्रिने सवारी साधनको तुलनामा बाहिरिने सवारी साधनको संख्या केही बढेको पाइएको हो ।
महाशाखाको तथ्यांकअनुसार आइतबार उपत्यकामा विभिन्न नाकाबाट ९,९७३ सवारी साधन भित्रिएका छन् । सोही दिन उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या भने १०,०६९ रहेको महाशाखाले जनाएको छ ।
दोस्रो चरणको निर्वाचन आउनै लाग्दा विभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं उपत्याकामा रहँदै आएका मानिस मतदानका लागि घर फर्कन थालेका कारण बाहिरिने सवारी साधनको संख्यामा सामान्य वृद्धि देखिएको हुन सक्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्