Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ट्रिपर दुर्घटनामा परिचालकको मृत्यु, चालक घाइते


0
Shares

मृत्यु हुनेमा ट्रिपरका परिचालक धादिङकै गल्छी गाउँपालिका बैरेनीका राजेश विक रहेका छन् । आज बिहान ४ बजे भएको दुर्घटनामा गम्भिर घाइते भएका विकको उपचारको क्रममा स्टार अस्पताल सानेपा ललितपुरमा सवा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रिपर चालक चितवन खुरखुरेका राजेश लामा सामान्य घाईते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ७४०७ नम्बरको ट्रिपर नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १५ मीटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।