
केशव भण्डारी (इमेज)
बुटवल, पुस ९ । बुटवल उपमहानगरपालिका वडा नम्बर–१३ का सचिव भरत काउचा पाँच हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
‘काम मिलाइदिन्छु’ भन्दै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सोमबार उनलाई रंगेहात पक्राउ गरेको हो ।
कर्मचारी समायोजन अध्यादेशको विरोधमा देशभर स्थानीय निकायमा कामकाज ठप्प रहेका बेला उनले सेवाग्राहीबाट घुस लिएर काम मिलाइदिन्छु भनेको जनाइएको छ ।
अत्यावश्यक काम लिएर कार्यालय पुग्ने सेवाग्राहीलाई आन्दोलनको बहाना बनाउँदै काम नगर्ने र अनुचित लाभ लिएर काम गरिदिने प्रवृत्ति मौलाएको गुनासो सर्वसाधारणले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्