Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


फिस्लिङ बस दुर्घटनाका ७ जना अझै बेपत्ता


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको सो बसमा यात्रा गरी आएका र आफन्तहरूले सम्पर्कमा नआएको भनी दाबी गरेका सातजनाको अझै पत्ता लाग्न सकेको नसकेको हो ।

बेपत्तामध्ये तीनजनाको नाम चलानीमा देखिएको छ भने अन्य बीचबाटोबाट चढेको देखिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीका अनुसार बेपत्ता हुनेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का दुर्गाबहादुर कार्की, सन्धिखर्क–१ का मनिषा थापा, धारापानी–३ का नमराज बन्जाडे, अर्घाखाँची भूमिकास्थाना नगरपालिकाका हुमकला राहु मगर, नवलपरासीका शंकर कुँवर, विकास रेग्मी र कोपिला पोखरेल छन् ।

घटनामा आठजनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

लु २ ख २९१ नम्बरको उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । खसेको तीन दिनपछि नदीबाट बसलाई बाहिर निकालिएको थियो । घाइतेहरूको अहिले पनि काठमाडौं र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ । रासस