Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


अवैध कलबाट ठगिदैं उपभोक्ता, प्रहरीमा दैनिक ४–५ वटा उजुरी


0
Shares

नम्बर नै नदेखिने ‘अननाउन’, ‘नो कलर’ लगायत विदेशी मोबाइल नम्बरबाट नेपालका मोबाइल प्रयोगकर्ताको नम्बरमा फोन गरी धम्की दिने, फिरौती माग्ने, चिट्ठा परेको भन्दै झुटो प्रलोभन देखाएर रकम असुल्नेजस्ता आपराधिक गतिविधि बढ्न थालेको छ ।

विभिन्न विदेशी नम्बरहरुबाट कल गर्ने र चिट्ठा परेको छ भन्दै रकम जम्मा गर्न लगाएर ठगी भएको उजुरी धेरै आउने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता जीवन श्रेष्ठले बताए ।

सिआइबीले सार्वजनिक सूचना प्रकाशन गरेरै त्यसरी कल गर्नेहरुको भ्रममा नपर्न आग्रह गरेको छ ।

टेकुस्थित महानगरीय अपराध महाशाखाका अनुसार औसतमा दैनिक ४–५ वटा अवैध कलबाट ठगिएका उजुरी आउने क्रम चलिरहेको छ । –नयाँ पत्रिका दैनिकबाट