२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध


0
Shares

उम्मेदवारी दर्ता गराउने समयमा उनको मात्रै मनोनयन परेकाले निर्विरोध हुने भएका हुन । हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष छिन् ।

उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ ।

आगामी पार्टी महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हिजोसम्म थियो । राहुल गान्धी अहिले पार्टी उपाध्यक्ष हुन् ।

पाँच वर्षयता उपाध्यक्ष रहेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व पुग्न लागेको हो । सोनिया गान्धीले भने सन् १९९८ देखि पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी थिइन् ।

भारतीय जनता पार्टीको झण्डै झण्डै एकलौटी रहेको र कांग्रेस आईको अवस्था निकै दयनीय भएका बेला राहुलको काँधमा पार्टीको जिम्मेवारी पुग्न लागेको हो ।