
वीरगन्ज । वीरगञ्ज महानगरपालिकाका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवाको विषयलाई विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।
महानगरपालिकाले राजनीतिक उद्देश्यका साथ प्रधानाध्यापकहरुको सरुवा गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन ।
शिक्षक संगठनहरुले दुई दिनका लागि महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प पारेका छन् ।
वीरगञ्ज महानगरपालिकाले सरुवाको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने जनाएको छ ।
महानगरपालिका प्रमुख विजय सरावगीले शैक्षिक अवस्था तहसनहस पारेको, अंग्रेजी माध्यमको नाममा अभिभावकसँग चर्को शुःल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत सरुवा गरिएकोे दाबी गरे ।
महानगरभित्र २० हजार १ सय ८५ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्यनरत छन् ।
प्रतिक्रिया दिनुहोस्