Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


डडेल्धुरामा सुरक्षा व्यवस्था कडा


0
Shares

निर्वाचनको अवधिभर कुनै अप्रिय घटना हुन नदिन जिल्ला सदरमुकाम आउने सबै नाकामा प्रहरीले चेकजाँचमा कडाइ गरेकोे छ ।

गाउँगाउँमा पनि सुरक्षा व्यवस्था चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

भारतसँग सीमा जोडिएका स्थानमा पनि एकीकृतरुपमा सुरक्षा संयन्त्र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

७७ मतदानस्थल र ११७ मतदान केन्द्र रहेको डडेल्धुरामा निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब साढे दुई हजार सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।