जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले निर्वाचन शान्तिपूर्वकरुपमा सम्पन्न गराउन मंगलबार (आज)देखि मंसिर २५ गतेसम्मका लागि सुनसरीमा मादकपदार्थ बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा रोक लगाइएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए ।
यसविपरीत कसैले मादकपदार्थ बिक्री–वितरण गरेको भेटिए पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत् मुद्दा दर्ता गरी कारबाही गरिने उनले बताए ।
सुनसरीको धरान, इटहरी, तरहरा, झुम्का, कोसी ब्यारेज, दुहबीलगायतका स्थानमा बढी मात्रामा मादकपदार्थ बिक्री–वितरण हुने गर्छ ।
स्थानीय प्रशासनले बेलुका ७ बजेपछि होटल तथा रेस्टुरेन्टहरु सन्चालनमासमेत रोक लगाएको छ ।
यस्तै, निर्वाचनका लागि सुनसरीको भारतसँग सिमाना जोडिएका सबै सीमानाका बन्द गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्