
‘समृद्धि र विकासका आधार युवा र महिलालाई समान अधिकार’ भन्ने नारासहित नवौं मानवअधिकार राष्ट्रिय महाभेला यही मंसिर २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको हो ।
शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सन्जाल र संकल्प तथा युथ एड्भोकेसी नेपालको संयुक्त आयोजनामा हुन लागेको भेलामा अन्तर्राष्ट्रिय संघ संगठनका प्रतिनिधि, सरकारी निकाय र सुरक्षा निकायको सहभागिता रहने छ ।
भेलामा भूकम्पपछिको पुनःनिर्माण, अपांगता भएका महिलामाथि हुने हिंसा र स्थानिय तहमा निर्वाचित महिला नेतृहरुको कार्य अनुभवबारे छलफल हुने महाभेलाकी संयोजक लिली थापाले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्