Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


सुनको भाउ तोलामा १०० ले कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर तोलाको ५५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलाको ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुनप्रति औंस १२ सय ७८ डलर हाराहारीमा कारोबार भएको थियो ।