नेपालमा सन् १९६८ मा पहिलो प्यासेन्जर जेट सेवा सुरु गर्ने एअरलायन्सले ५०औं वार्षिकोत्सवका अवसरमा राजधानीमा विशेष कार्यक्रम गरी आफ्ना सेवाबारे जानकारी गराएको हो ।
कम्पनीले ५० वर्षमा नेपालको वायुसेवामा कम्प्युटराइज्ड रिजर्भेसन सेवा, नयाँ रुट विस्तार, आफ्नै ग्राउन्ड ह्यान्डलिङ, होलिडे प्याकेजलगायतका महत्वपूर्ण सेवा भित्र्याएको पनि दाबी गरेको छ ।
कम्पनीले २०१८ भरि स्वर्णजयन्ती मनाउँदै विभिन्न प्रवद्र्धनात्मक एवं रचनात्मक कार्यक्रमहरु ल्याउने जनाएको छ ।
यसै अवसरमा थाई एअरवेजले टिकट सेल्स र कार्गो सेल्स विधामा नेपालका १९ संस्थालाई अवार्ड प्रदान गरेको छ ।
टिकट सेल्समा १२ संस्था र कार्गो सेल्समा ७ संस्थालाई सम्मान गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्