२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


चुनाव सकिएसँगै मजदुरीका लागि भारत जाने नेपालीको लर्को (भिडियो)


0
Shares

लामो समयपछि निर्वाचनका लागि घर फर्किएका उनीहरु फेरि भारत फर्किएका हुन् । अहिले दैनिक ६ सयको हाराहारीको संख्यामा उनीहरु भारत गईरहेका छन् ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी भारतबाट बझाङ फर्किएका युवाहरु चुनाब सम्पन्न भए लगत्तै फेरी भारत नै फर्कन थालेका छन् ।

लामो समय भारतमा नै बसेका बझाङका अधिकांस युवाहरु चुनाबको बेला घर आएका थिए । रोजागारीका लागी र आफ्नो घरायसी खर्च जुटाउन उनीहरु फेरी भारत लागेका हुन् ।

गाँउमा नै बस्नु पर्छ भन्ने सोच बनाएर भोट हाल्न घर फर्केको तर गाँउमा रोजगारीको कुनै उपाए नलागेर भारत नै जानु पर्दा भोट हालेको कुनै पनि अर्थ नलागेको स्थानीय विजय कठायत बताउँछन् ।

चुनाबको समयमा उम्मेदवारले विभिन्न रोजगारीका आश्वसन दिए पनि कुनै आश्वसन अहिलेसम्म नेताहरुले पुरा नगरेको उनीहरुको गुनासो छ ।

१२ महिना काम गरेर ३ महिना पनि खान नपुग्ने भए पछि छोरा छोरी श्रीमतीसहित यहाँका धेरै स्थानीय भारतमा मजदुरी गर्न जाने गरेका छन् ।

कुनै ब्यापार ब्यावसाय लगानी गर्न पैसा नभए पछी आफ्नो छोरा छोरीको भविष्य सुधार गर्नको निमत्त आफुहरु भारत जान लागेको स्थानीय कर्मराज खड्का बताउँछन् ।

एक दिनमा अहिले सदरमकाम चैनपुरबाट मात्रै ३०० र अन्यत्र गाउँहरुबाट गरी दैनिक ६ सय को हाराहारीमा युवाहरु भारत जान थालेको यातायात व्यवसायी बताउँछन् ।

आफु विजयी हुनका लागी झुट्टा आश्वसन दिने यहाँका धेरै जस्तो नेताहरु विजयी भईसके पछि गाँउ नै नफर्किने कारण पनि नेताप्रतिको विश्वास घट्दै गएको छ ।

मतदाताको नेताहरुप्रति रहेको यस्तो नकारात्मक छाप अव बिजयी हुने प्रतिनिधिले मेटाउनु जरुरी छ ।

(भिडियो हेर्नुहोस)