
बजार परिसूचक नेप्से ११ अंकले सुधारिएर १५ सय ३६ विन्दुमा पुग्यो । व्यापार समूहबाहेक अरु सबै समूह सकारात्मक रहे ।
बिमा समूह सबैभन्दा उच्च ६८ अंकले सकारात्मक रह्यो । जलविद्युत् ३२ अंकले माथि उक्लियो । होटल २८ अंकले, लघुवित्त २४ अंकले अनि विकास बैंक समूह पनि २३ अंकले सकारात्मक रह्यो । अरु समूह झिनो अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका १२ लाख ७१ हजार कित्ता सेयर ७९ करोड २६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्