सुन र चाँदीको मूल्यमा पुनः गिरावट • Image Khabar Image Khabar


सुन र चाँदीको मूल्यमा पुनः गिरावट


Imagekhabar
२० मंसिर २०७४, बुधबार २०:१८

सुन र चाँदीको मूल्यमा पुनः गिरावट

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको ५५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुनप्रति औंस १२ सय ७० डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्