निर्वाचनमा मतदान गर्नका लागि आफ्नो सबै कामलाई एक ठाउँमा थाती राखेर विदेशबाट आउने यात्रीको संख्या पनि उस्तै रह्यो । विदेशबाट आएका यात्री पनि मतदानमा सहभागी हुन उत्साहित छन् ।
नेपालमा हुन लागेको निर्वाचन ऐतिहासिक भएकाले मतदानमा सहभागी हुन विदेशी डलरको मोह त्यागेर नेपाल फर्केको यात्रीहरुले बताए । निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोतर्फ लाग्ने उनीहरुको विश्वास छ ।
आन्तरिक उडानबाट मतदानका लागि घर जाने स्वदेशी यात्रीहरु पनि उत्तिकै उत्साहित रहेका छन् ।
आन्तरिक उडानमा निजी तथा सरकारी स्वामित्वका विमान कम्पनीले ५२ र ७० सिट संख्याको विमान थप गरेसँगै विमानको यात्रा शुल्कमा कमी आएको थियो ।
शुल्कमा आएको कमीले निर्वाचनका लागि घर फर्कने यात्रीले राहत पाएको सर्वसाधारणले बताए ।
आन्तरिक उडानको शुल्कमा आएको गिरावटले पनि हवाईमार्गको प्रयोग गर्नेक्रम बढेको बताइन्छ ।









प्रतिक्रिया दिनुहोस्