१ असार २०८२, आइतबार | Sun Jun 15 2025


माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान


0
Shares

बिहान ७ बजेर १३ मिनेट जाँदा उनले मतदान गरेका हुन् ।

चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।

दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् भने माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गर्दै छिन् ।

यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दै छन् । चितवन क्षेत्र नं ३ बाट पाण्डे लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।

शिक्षा राज्यमन्त्री एवं चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं ३ को शहीद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

जिल्लाको अर्को नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मतदान गर्दै छन् । उनले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नेछन् । उनीचितवन क्षेत्र नं १ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले भरतपुर महानगरपालिका वडा नं १० स्थित नारायणी नमूना उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

नेकपा माओवादी केन्द्रका अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै छन् । (रासस)