
निर्वाचन भइरहेका जिल्लाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ ।
सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ । मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी र तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।
सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गरिरहेका छन् । सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ ।
निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।
निर्वाचन सुरक्षाका लागि ४५ जिल्लाभर करिब २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
चुनावमा कुनै घटना भइहालेमा कममा पाँच मिनेटदेखि बढीमा ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी प्रवन्ध मिलाइएको छ । निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारी खटाइएका छन् ।
प्रतिक्रिया दिनुहोस्