३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान


0
Shares

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सन्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सन्चालन भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सन्चालन भइरहेको निर्वाचनमा कुल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । रासस