
निर्वाचन बहिस्कारका पक्षधर सीके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता छन् ।
प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुुसार सप्तरी क्षेत्र नम्बर–२ अन्तर्गत् पर्ने महादेवा गाउँपालिका–२ स्थित आधारभूत विद्यालयमा रहेको सो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत छन् ।
केन्द्रमा कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधिसमेत नआएको मतदान अधिकृत साहले बताए ।
त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदाताको प्रतीक्षामा रहेपनि कोही पनि भोट हाल्न नआएका हुन् ।
सीके राउतले गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिस्कारको सन्देश दिन खोजिएको बताइन्छ ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत् प्रदेश नम्बर–२ को सप्तरी जिल्लाका बाँकी सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्