
नेपाली कांग्रेसले फर्जी मत हाल्न खोज्दा झडप भएको स्थानीय धीराजन खड्काले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।
उक्त मतदानस्थल वरपर नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्ती गरिरहेको छ ।
झडपमा कतिजना घाइते भए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
उक्त मतदान केन्द्र अछाम क्षेत्र नम्बर–१ को प्रदेशसभा क्षेत्र नम्बर–१ का कांग्रेस उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।
स्याङ्जामा पनि झडप
स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत् तुलसी भञ्ज्याङको साविक गाविस भवन केन्द्रमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ ।
यस्तै, स्याङ्जाकै चापाकोट नगरपालिकाको सेखाम र मल्याङकोटमा कांग्रेसले बुथकब्जा गरेको उजुरी वाम गठबन्धनले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्