महदेवाको आधारभूत विद्यालय मतदान केन्द्रमा एउटा पनि मत खसेन • Image Khabar Image Khabar


महदेवाको आधारभूत विद्यालय मतदान केन्द्रमा एउटा पनि मत खसेन


Imagekhabar
२१ मंसिर २०७४, बिहीबार २०:०१

महदेवाको आधारभूत विद्यालय मतदान केन्द्रमा एउटा पनि मत खसेन

बिहान ७ बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य सुरु भएपनि साँझ ५ बजेसम्म उक्त मतदान केन्द्रमा कुनैपनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।

उक्त मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भएपनि कोहीपनि मतदाता नआएका कारण मतदान हुन नसकेको उनले बताए ।

डा. सीके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस्