३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसको अग्रता


0
Shares

प्रतिनिधिसभातर्फ १ हजार ६२८ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले अग्रता लिएका छन् ।

घर्तीले ७६९ मत ल्याउँदा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले ६९९ मत पाएका छन् । ८८ मत बदर भएको छ ।

प्रतिनिधिसभातर्फ जनसमाजवादीका निराजन कुँवरले ३३, नयाँ शक्ति पार्टीका देवेन्द्र पराजुलीले १९, संघीय समाजवादी फोरम नेपालका खेमजंग गुरुङले १४, देशभक्त समाजका मेत्तर गुरुङले २, राष्ट्रिय जनमुक्ती पार्टीका यमबहादुर थापामगरले १ र विवेकशील साझा पार्टीका निर्देश सिलवालले १ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा ‘क’ र ‘ख’ दुवैतर्फ नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रदेशसभा ‘क’मा ७१९ मतगणना हुँदा कांग्रेसका उम्मेद्वार गर्जबहादुर गुरुङले ३६७ मत ल्याएर अग्रता लिएका छन् । प्रदेशसभा ‘क’मा नेकपा एमालेका धनन्ञ्जय दवाडीले ३०८ मत पाएका छन् ।

प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका कृष्णप्रसाद कोइरालाले अग्रता लिएका छन् । ९७२ मत गन्दा कोइरालाले ४७६ मत पाएका छन् भने एमालेका पृथ्वीसुब्बा गुरुङले ४५३ मत पाएका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा प्रतिनिधि र प्रदेशसभाको एकैचोटी मतगणना गरिएको छ ।

मतगणनास्थलमा कडा सुरक्षा अपनाइएको छ । १० ओटा सीसीटीभीले निगरानी गर्नुका साथै उम्मेदवार र उनका प्रतिनिधिलाई फलामको तारजाली बाहिर राखिएको छ ।

एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एक लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० जनालेमात्र मतदान गरेका थिए ।

प्रदेश सभा ‘क’मा ३६ हजार ६८ र प्रदेशसभा ‘ख’मा ४१ हजार २७२ मत खसेको छ ।