३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


बैतडीमा वाम गठबन्धन अगाडि


0
Shares

प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमा प्रतिनिधिसभातर्फ १३७६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ६५९ र नेपाली कांग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘क’मा ९४८ मतगणना हुँदा कांग्रेसका हरिमोहन भण्डारी ४११ र माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा ‘ख’मा १३०५ मतगणना हुँदा नेकपा एमालेका लिलाधर भट्ट ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गरेको जनाइएको छ ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेका बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।