खोटाङमा एमालेका भट्टराईको अग्रता • Image Khabar Image Khabar


खोटाङमा एमालेका भट्टराईको अग्रता


Imagekhabar
२१ मंसिर २०७४, बिहीबार २२:३९

खोटाङमा एमालेका भट्टराईको अग्रता

पछिल्लो मतगणनानुसार प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका विशाल भट्टराईले १५३० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयले १०४२ मत पाएकी छन् ।

यस्तै, प्रदेशसभा सदस्य ‘क’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजन राईले ४०७ र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका सुभाषकुमार पोखरेलले २३८ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा सदस्य ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका रामकुमार राईले ८१४ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका विष्णुकुमार राईले ६१९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्