२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


लमजुङमा प्रतिनिधि र प्रदेश सभामा वाम गठबन्धनको अग्रता


0
Shares

प्रतिनिधि सभामा १४ हजार ८१६ मत गणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ६ हजार ९१४ मतले पछ्याईरहेका छन् ।

यस्तै प्रदेश सभा (क) र (ख) दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेश सभा (क) मा ७ हजार ५१३ मत गणना हुँदा वाम गठबन्धनका उम्मेदवार धनञ्जय दवाडीले ४ हजार ३९३ मतले अग्रता लिएका छन् । दवाडीलाई कांग्रेस उम्मेदवार गर्जबहादुर गुरुङले २ हजार ९०६ मतले पछ्याएका छन् ।

प्रदेश सभा (ख) मा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका कृष्णप्रसाद कोइरालालाई पछि पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले ३ हजार ९०३ मत ल्याउँदा कोइरालाले ३ हजार ५४५ मत ल्याएका छन् ।

एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको लमजुङका एकलाख १५ हजार ४४९ मतदाता रहेकोमा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा (क) मा ३६ हजार ६८ र प्रदेश सभा (ख) मा ४१ हजार २७२ मत खसेको थियो ।