अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तीनजना विजयी भएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् भने एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
प्रदेशसभा सदस्यमा भने नेकपा एमालेका ५, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार हुम्लाको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८४९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८४४४ मत प्राप्त गरेका छन् ।
बझाङको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भैरवबहादुर सिंह २८८८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह २३२२२ मत प्राप्त गरे ।




प्रतिक्रिया दिनुहोस्