४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


महासमिति बैठकबाट उत्कृष्ट विधान बनाइयो : पौडेल


0
Shares

तनहुँ, पुस ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्न महासमिति बैठकले महत्वपूर्ण सहयोग पुर्‍याएको बताएका छन् ।

तनहुँको दमौलीमा सत्यवती माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीभित्रको कमजोरी चिरफार गरी एकताको बाटोमा हिँडाउन बैठकले सहयोग पुर्‍याएको बताए ।

बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दावी गर्दै नेता पौडेलले कांग्रेसको संरचना ‘नमूनायोग्य’ बनेको दावी गरे । उनले पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान कांग्रेसभित्रको आत्मविश्वासको प्रतीक भएको जिकिरसमेत गरे ।