पानीट्यांकर जलेर क्षतिग्रस्त • Image Khabar Image Khabar


पानीट्यांकर जलेर क्षतिग्रस्त


Imagekhabar
२२ मंसिर २०७४, शुक्रबार १७:२७

पानीट्यांकर जलेर क्षतिग्रस्त

खानेपानी लिएर गएको माछापुच्छ्रे बोरिङको ग१ख २८९६ नम्बरको ट्यांकर बाटोबाट फेवानहरमा खसेर आगोलागी भएको थियो ।

ट्यांकर सडकबाट नहरमा खस्नासाथ आगोको ज्वाला निस्केको र गाडीभित्र च्यापिएका चालक र सहचालकलाई ढोका फोरेर बाहिर निकालिएको स्थानीय बासिन्दा भगवान पोख्रेलले जानकारी दिए ।

प्रहरी, स्थानीय बासिन्दा र माछापुच्छ्रे खानेपानी बोरिङको अर्को ट्यांकरबाट पानी ल्याइ आगो नियन्त्रणमा लिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्