Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


नेपालमा अब भ्रष्टाचारविरोधी सरकार बनोस् : अमेरिका


0
Shares

‘भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका नागरिकलाई अमेरिका समर्थन गर्छ,’ अमेरिकी दुतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

अहिलेको समयलाई ‘प्रादेशिक र संसदीय निर्वाचनको सफलतापछि मतपरिणामको हिसाबकिताबमा व्यस्त रहँदै गरेको र मुलुकको नयाँ संघीय शासन प्रणालीमा हजारौं स्थानीय सरकारी अधिकारीहरु समाहित हुँदै गरेको समय’ उल्लेख गर्दै अमेरिकाले भनेको छ, ‘यो नेपालका नागरिक र नेतृत्वकर्ताले भ्रष्टाचारविरुद्ध निडर अडान लिने तथा देशलाई आफूमा निहित रहेको अथाह क्षमताको आभास दिलाउने उपयुक्त समय पनि हो ।’

अमेरिकाले आफूले प्रदान गर्ने वार्षिक १२ करोड डलरभन्दा बढीको विकास सहयोग पनि सवल सरकारी निकायहरु, समावेशी समुदायहरु र जीवन्त अर्थतन्त्रलाई बढावा दिने उद्देश्यले सञ्चालित रहेको पनि स्मरण गराएको छ । –कान्तिपुर दैनिकबाट