
मोरङ–६ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ‘हेभिवेट’ प्रतिश्पर्धा थियो । नेकपा एमालेका लालबाबु पण्डित र नेपाली कांग्रेसका डा. शेखर कोइरालाबीच मुख्य प्रतिश्पर्धा रहेको यो क्षेत्रमा अन्ततः एमाले उम्मेदवार पण्डितले बाजी मारेका हुन् ।
पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरे ।
त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरे ।
त्यस्तै मोरङ १ मा पनि वाम गठबन्धनकै घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले ३७५२४ मत ल्याए भने उनका निकटतम प्रतिश्पर्धी कांग्रेसका डिकबहादुर लिम्बुले ३१४३६ मत पाए ।
प्रतिक्रिया दिनुहोस्