१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेकपाका नेताहरुले उठाएका प्रश्नको आज अध्यक्षद्वयले जवाफ दिने


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्षद्वयले दिने भएका छन् ।

गत मंसिर २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले बोल्ने क्रम आज सकिएपछि आजै अपराह्न ४ बजे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले जवाफ दिने भएका हुन् ।

आज बिहान बसेको स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रदीपकुमार ज्ञवालीले आ–आफ्ना भनाइ राखेका थिए ।

योसँगै स्थायी कमिटीका सदस्यले बोल्ने क्रम सकिएकाले अध्यक्षद्वयले आजै बस्ने अर्को बैठकमा जवाफ दिने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकमा वरिष्ठ नेता नेपालले एसिया प्यासिफिक सम्मेलनबारे आफ्नो स्पष्टीकरण दिएका थिए । 

सम्मेलनका विषयलाई लिएर सदस्यहरुले बैठकमा विभिन्न टिप्पणी गरेपछि वरिष्ठ नेता नेपालले जवाफ दिएका हुन् ।

जवाफका क्रममा उनले पार्टी र सरकारले दिएको जिम्मेवारी आफूले निर्वाह गरेको बताए । उनले आगामी दिनमा त्यस्ता कार्यक्रम नगर्ने वा सुधार गर्नेबारे सोच्न आग्रह गरे । 

अर्का नेता प्रदीप ज्ञवालीले भने सरकार र पार्टी नेतृत्वको आलोचना गर्नुपर्ने भए पनि कडा रुपमा प्रस्तुत् नहुन आग्रह गरे ।