Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


विजयी भएपछि गगनले भने: काँग्रेसलाई जरैबाट पुर्नसंरचना गर्नुपर्छ


0
Shares

काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह काँग्रेसको जीवनमा धेरै आईरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन् ।

आफु निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको बडा समितिले आयोजना गरेको विजयसभामा काँग्रेस नेता थापाले आफ्ना मतादाताहरुलाई धन्यबाद दिदै अबको कार्यकाल समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाए ।

शिक्षा र स्वास्थ्यमा सवैको समान पहुँच, विदेशीएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौ बनाउने आफ्नो अठोट स्मरण गरे ।

देशभरीका उम्मेदबारहरु मध्ये सवै भन्दाबढी आफु विरुद्ध प्रपोगाण्डा भएको भन्दै उनले आफ्ना मतदातालाई प्रपोगाण्डाले असर गर्दैन भन्ने पुष्टी भएको बताए ।

आफुसँगै प्रतिस्पर्धा गरेका एमालेका राजन भट्टराई र विवेकशिल साझाकी सुवुना बस्नेतलाई उनले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरे ।

केहीदिन अगाडी आफुप्रति लक्षित गर्दै बम हमला हुँदा घाइते भएकाहरुको स्मरण गर्दै उनले उनीहरुको घाउमा नुनचुक छर्केजसरी एमाले अध्यक्ष केपी ओलीले तल्लोस्तरको टिप्पणी गरेकोमा खेद व्यक्त गरे ।

देशैभरी भईरहेको बम आक्रमणको घटनाको सवैले निन्दा गरिरहेका बेला आफु विरुद्ध भएको आक्रमणलाई ओलीले सुनुयोजित भन्दै तल्लोस्तरको व्यवहार र अहंकार देखाएको टिप्पणी गरे ।

उनले भने “यस्ता अहंकार गर्ने धेरै जनालाई डुबाएको छ, त्यसको मुल्य पार्टी र देशले धेरै चुकाउनु पर्ने हुन्छ, त्यसैले त्यस्ता अहंकार नगर्न ओलीजीलाई आग्रह गर्दछु ।”

यस्तै आक्रमण ओली माथि भएमा एमालेका साथी भागेपनि काँग्रेसले डटेर विरोध गर्ने भएकाले हिंसालाई कसैले प्रोत्साहन गर्न नहुने नेता थापाको भनाई छ ।

थापाले ओलीलाई चेतावनी दिँदै भने “एमाले अध्यक्ष तथा जो अब प्रधानमन्त्री बन्दै हुनुहुन्छ, उहाँले काठमाडौंमा भएको बम विस्फोटलाई अत्यन्त हल्का ढंगले लिनुभयो । हल्कामात्रै होइन, निकै तल गिरेर टिप्पणी गर्नुभयो । साथीहरु अहिले पनि अस्पतालमा छन् । उहाँले प्रायोजित भनेर भन्नुभयो । उहाँले निर्वाचनको प्रयोजनलाई मात्रै हेरेर मेरो क्षेत्रमा आएर त्यसो भन्नुभयो । यो उहाँको अहंकार हो ।”

काठमाडौ चारमा तेस्रो पटक लगातार सानदार विजयी भएको उल्लेख गर्दै उनले अझ १५ बर्ष सक्रिय राजनीति मार्फत् नेपाली जनता र मातृभूमीको सेवामा समर्पित हुने बताए ।

प्रदेश तर्फका उम्मेदबारहरुको नतिजा आएपछि मात्रै विजय र्याली सहित मतदाताको घर दैलोमा धन्यबादका लागि जाने उनले जानकारी दिए ।

Skip This