काठमाडौं । नेपाली कांग्रेस महासमितिको बैठक आज सकिने भएको छ ।
१० दिनदेखि काठमाडौंमा भइरहेको महासमितिको बैठकको अन्तिम दिन आज घोषणापत्र जारी गर्दै समापन गर्न लागिएको हो ।
घोषणापत्र तयार गर्ने क्रम जारी रहेको छ । महासमिति बैठकमा पेश भएका ५ वटा प्रतिवेदन दिउँसो पारित गरी अपराह्न घोषणापत्र जारी गरिने कांग्रेसले जनाएको छ ।
पार्टी कार्यालय सानेपामा जारी महासमिति बैठकमा अहिले विधान संशोधन मस्यौदामाथि छलफल भइरहेको छ ।
विधानको मस्यौदाका विषयमा शीर्ष नेताहरुबीच सहमति गरेर महासमिति बैठकमा छलफलका हिजो पेश गरिएको थियो ।
विधानको मस्यौदाका विषयमा भने सदस्यहरुले संशोधनको सुझाव दिएका छन् ।
समानुपातिमा एक पटकभन्दा बढी अवसर नदिन र सबै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने व्यवस्था गर्न माग गर्दै कांग्रेस विधान संशोधन मस्यौदा माथि पनि संशोधन दर्ता भएको छ ।
जिल्ला सभापतिहरु र केही महासमिति सदस्यहरुले प्रस्तावित विधानमा केन्द्रीय सदस्य स्वतः प्रतिनिधि बन्ने व्यवस्था रहेकाले त्यसलाई हटाएर बुथदेखि नै सबै प्रतिनिधि निर्वाचित हुनुपर्ने व्यवस्था गर्न संशोधन परेको हो ।
समानुपातिकबाट पटक–पटक एउटै व्यक्तिलाई अवसर दिइएको भन्दै महासमिति सदस्यहरुले त्यसलाई पनि हटाउन माग गरेका हुन् ।
तर नेतृत्व भने केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पारित भएको विधान मस्यौदाको प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने मुडमा छ ।









प्रतिक्रिया दिनुहोस्