९औं मानवअधिकार राष्ट्रिय महाभेलाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले मानवअधिकारका धेरै प्रतिबद्धता हुँदा पनि मानवअधिकार उल्लंघनका घटनामा भने कमी नआएको भन्दै चिन्ता व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुपराज शर्माले संविधान राम्रो बन्दैमा संक्रमणकाल अन्त्य हुन नसक्ने भन्दै सबैलाई मानवअधिकारको प्रत्याभूति राज्यले दिलाउनुपर्ने बताए ।
यस्तै, मानव अधिकारकर्मी चरण प्रसाइँले संक्रमणकालीन न्याय सम्बोधन नभएका कारण विगतका कहालीलाग्दा घटना पुनः नदोहोेरिएलान् भन्नसक्ने अवस्था नरहेको बताए ।
उनले द्वन्द्वपीडितका समस्या सम्बोधन हुन नसक्दा सबैले न्याय पाउन नसकेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षणसमेत गराए ।
कार्यक्रममा मानवअधिकार वर्ष सम्मान रमा ढकाललाई प्रदान गरियो । अपांगता भएका महिलाको अधिकारका क्षेत्रमा सहयोग पुर्याएको भन्दै उनलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
यस्तै, संकल्प शान्ति संवाह पुरस्कार वीर अवस्थी र गोमा बस्याललाई प्रदान गरियो ।
त्यस्तै, जनजाति महिलाको क्षेत्रमा काम गरेको भन्दै सुनी लामालाई सम्मान गरिएको छ ।
६९औं मानवअधिकार दिवसका अवसर पारेर राष्ट्रिय मानवअधिकार आयोगले गरेको महाभेलामा विकास र समृद्धिका लागि महिला र युवाको सहभागिताबारे छलफल भइरहेको छ ।
मानवअधिकार राष्ट्रिय भेला २५ गतेसम्म चल्नेछ ।










प्रतिक्रिया दिनुहोस्