१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘वाम गठबन्धनका कार्यकता’को कुटाइबाट चार प्रहरी घाइते, गाडीमा तोडफोड


0
Shares

गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोडसमेत गरेका छन् ।

शुक्रबार राति जिल्ला वन कार्यालयअगाडि रहेको प्रहरी गस्तीलाई लक्षित गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुढा गरेका थिए ।

ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज जोशी घाइते भएको प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिए । धाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ढुंगामुढा गर्दा प्रहरीको गाडीमासमेत क्षति पुगेको छ । ढुंगा लाग्दा वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको सन्चारसेटमासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक रामसिंह बोहराले बताए ।

तोडफोडमा संलग्न रहेको आशंकामा खप्तड छान्ना गाउँपालिका–१ का मुकुन्द थापा, थलारा गाउँपालिका–२ का रमेश खाती र भक्त खातीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको बोहराले जानकारी दिए ।

मतपरिणाम सार्वजनिक भएपछि बजारमा विजयोत्सव मनाइरहेका वाम गठबन्धनका कार्यकर्ताले सो आक्रमण गरेका बताइएको छ ।

वडा प्रहरी कार्यालयको टोलीले स्थिति नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा टोली मगाउनुपरेको थियो । रासस