प्रदेशसभा तर्फको निर्बाचनमा कसले कति मत प्राप्त गरे ? • Image Khabar Image Khabar


प्रदेशसभा तर्फको निर्बाचनमा कसले कति मत प्राप्त गरे ?


Imagekhabar
२४ मंसिर २०७४, आईतवार ०७:४१

प्रदेशसभा तर्फको निर्बाचनमा कसले कति मत प्राप्त गरे ?

काठमाडौं, मंसिर २४ । प्रदेश सभातर्फको परिणाम पनि धमाधम आइरहेको छ । अहिलेसम्म आएको मतपरिणामअनुसार वाम गठबन्धनका उम्मेदवारहरु नै धेरै स्थानमा विजयी भएका छन् ।

केही स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने तराईका जिल्लाका केही प्रदेश सभा सदस्यमा संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारहरु पनि विजयी भएका छन् ।

पछिल्लो मत परिणामअनुसार सप्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा नेपाली कांग्रेसका मोहम्मद समिक ११६२८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राजपाका दिनेश यादवले ९९७९ मत प्राप्त गरेका छन् । सप्तरी क्षेत्र नम्बर ४ (ख) मा संघीय समाजवादी फोरमका अभिषेक यादव ९६०५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेकानन्द झाले ७३३६ मत प्राप्त गरे ।

झापा क्षेत्र नम्बर ४ को प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका झलकसिंह दर्लामी १७२५६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण भट्टराईले १२४८१ मत प्राप्त गरे ।

अछाम क्षेत्र नं. २ प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल १०९८१ मतसहित विजयी भएका छन् । उनका निकतटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरतबहादुर विष्टले ९०४० मत प्राप्त गरे ।

रामेछाप प्रदेशसभा (ख) मा नेकपा एमालेका कैलाशप्रसाद ढुंगेल २६९३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितबहादुर थापामगरले १४७२९ मत प्राप्त गरे ।

पाल्पा क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेकपा एमालेका डा.पुरन बज्राचार्यले १८०४२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधव नेपालले १३४७० मत प्राप्त गरे ।

त्यसैगरी पाल्पा क्षेत्र नम्बर २ ख मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगरले १६४२२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर कार्कीले ११४९६ मत प्राप्त गरे ।

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी १७०३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माले १४६९८ मत प्राप्त गरे ।

उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा नेकपा एमालेका कला घले १३४५९ मत प्राप्त गरी विजयी भएका छन् ।

बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका ज्वाला साह ११७७१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामानन्दप्रसाद यादवले १०१४७ मत प्राप्त गरे ।

बारा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा संघीय समाजवादी फोरमका शारदाशंकरप्रसाद कलवार १६६७१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रदेश यादवले ८१०० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्