Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


उद्यमीहरुको सम्मेलन


0
Shares

काठमाडौं, पुस ७ । उद्यमीहरुलाई नयाँ सीप, विकास र प्रविधिबारे जानकारी गराउने उद्देश्यले उद्यमी सम्मेलनको आयोजना गरिएको छ ।

‘नेक्स्ट ग्रोथ कन्क्लेभ’ नाम दिइएको सम्मेलनमा ६० जनाभन्दा बढी लगानीकर्तासहित एक हजार ५०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित अमेरिका, फिनल्यान्ड, मलेसिया, सिंगापुर, चीन, थाइल्यान्ड, भारत, बंगलादेशलगायतका ३२ जना अन्तर्राष्ट्रिय वक्ताहरुले आफ्ना व्यापार–व्यवसायबारे प्रस्तुति दिएर नयाँ उद्यमीलाई प्रोत्साहन गरेका छन् ।

सम्मेलनमा नेपाल, भारत, मलेसिया, बंगलादेशका उद्यमीहरुले आफूले व्यवसाय गर्ने क्षेत्रबारे कानुनी र प्राविधिक ज्ञान लिन अतिआवश्यक रहेको बताए ।

अरुले गरेको देखेर र भनेका भरमा व्यवसाय सुरु गर्न नहुनेमा पनि उनीहरुले जोड दिएका थिए ।