भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा ४ जना साथीको हत्या • Image Khabar Image Khabar


भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा ४ जना साथीको हत्या


Imagekhabar
२४ मंसिर २०७४, आईतवार १४:४०

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा ४ जना साथीको हत्या

उक्त सैन्य बलको केन्द्रीय शिवीरभित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् ।

शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए ।

‘उसले आफ्ना चारजना सहकर्मीलाई बन्दुक प्रहार गरेका थिए, त्यसपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो, अर्का एकजना सहायक निरीक्षक घाइते भएका छन्,’ नाम नबताउने सर्तमा बिजपुरका एक अधिकारीले भने ।

छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सन्चारमाध्यमहरुलाई शनिबार अबेर दिएको जानकारीअनुसार घटना के कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट भइसकेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनले किन यसरी गोली प्रहार गरेका हुन् अथवा उनीहरुबीच कुनै झगडाको कारण के थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

उनले दिएको जानकारीअनुसार सो सैन्य बलमा बन्दुक प्रहार गरी हत्यागर्ने ३५ वर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको पनि जानकारी दिएका छन् ।

छत्तिसगढका मुख्यमन्त्रीले ट्वीटरमार्फत् घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्ने बताएका छन् । छत्तिसगढ राज्य माओवादी प्रभावित क्षेत्र मानिन्छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्