
प्राप्त पछिल्लो मतपरिणाम अनुसार, प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगाबहादुर दोङले ३० हजार ६१३, नेपाली कांग्रेसका तीर्थ लामाले २९ हजार ३९ मत प्राप्त गरेका छन् ।
यसैगरी, सोहि क्षेत्रका प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रत्न ढकालले २३ हजार ५१८ र कांग्रेसका सिवी लामाले १५ हजार ८५६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामाले १५ हजार ७४८ र कांग्रेसका गणेश लामाले १४ हजार ६८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटाले ३० हजार १०२ र कांग्रेसका मधुप्रसाद आचार्यले २० हजार ९४३ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट एमालेका लक्ष्मण लम्सालले १५ हजार ६८८ र कांग्रेसका सुन्दरमणि आचार्यले ९ हजार ९४३ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट एमालेका वसुन्धरा हुमागाईंले १५ हजार ३३६ र कांग्रेसका कञ्चनचन्द्र वादेले ११ हजार ३९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्