Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


सिटी सेन्टरमा एक महिने ‘वीन्टर फेस्ट’ हुने


0
Shares

आगामी मंसिर ३० गतेदेखि माघ १ गतेसम्मे ‘सिटी सेन्टर–वीन्टर फेस्ट’ सन्चालन गर्न लागिएको आइतबार सेन्टरले जानकारी दिएको हो । सेन्टरले एक महिनाको उत्सवमा करिव ७ देखि ९ लाखसम्म ग्राहकले अवलोकन गर्ने अनुमान गरेको छ ।

विशेषगरी क्रिसमस र नयाँवर्षको अवसरमा मलमा आकर्षक सजावटका साथै सांगीतिक कार्यक्रमको समेत आयोजना गर्न लागिएको सेन्टरले जनाएको छ ।

‘वीन्टर फेस्ट’अन्तर्गत आयोजित हुने सांगीतिक कार्यक्रममा एड्रिन प्रधान, फ्यूजन मन्त्र, रोहित जोन क्षत्रीलगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

जाडो विदालाई ध्यान दिंदै सेन्टरले  बालबालिका लक्षित पेन्टिङ, सर्कस, नृत्य, ‘कार्टुन क्यारेक्टर’लगायतको अन्य कार्यक्रमको पनि आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

त्यस्तै, प्रतियोगी तथा सहभागीहरुलाई रमाइलो तथा आकर्षक पुरस्कारको समेत व्यवस्था गरिने बताइएको छ ।