ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु • Image Khabar Image Khabar


ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु


Imagekhabar
२५ मंसिर २०७४, सोमबार १३:०३

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

मलेखुबाट गजुरी जाँदै गरेको ना ६ ख २७५२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ७३ प ४९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दोलखाका ४५ वर्षीय शम्भू बस्नेतको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्