Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सरकारी सेवाबाट अवकास बेचुलालको बंगुरपालनबाट मासिक ५० हजार आम्दानी


0
Shares

-मानबहादुर वली र हेमन्त कंडेल/ईमेज

सुर्खेत । नेपालमा कृषि पेशा अझै व्यावसायिक बन्न सकेको छैन । अधिकांश कृषक निर्वाहमुखी खेती गर्दै आएका छन् ।

अर्कोतिर अधिकांश युवा जमात रोजगारीका अवसर नभएको भन्दै विदेशी भूमि ताकिरहेका छन् ।

तर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ का बेचुलाल चौधरी भने बंगुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ का बेचुलाल चौधरीको बंगुरफर्म जिल्लामै नमुना फर्म मानिन्छ ।

३७ वर्ष सरकारी क्षेत्रमा सेवा गरी अवकाश पाएका चौधरीले अवकाशपछिको जीवन कृषि क्षेत्रमा समर्पित गरेका छन् ।

उनको बंगुर फर्ममा लेण्ड्रेस, ड्युरो गरी ३ जातका ४० भन्दा बढी बंगुर रहेका छन् ।

३ वर्षअघि तीन चारलाख रुपैयाँको लगानीबाट सुरु भएको फर्ममा अहिले ४० लाखभन्दा बढी लगानी भइसकेको छ ।

बजारमा विदेशी उत्पादनै ठूलो हिस्सा ओगटेकोले त्यसलाई प्रतिस्थापन गर्न आफू कृषि क्षेत्रमा लागेको बताउँछन् ।

कृषि भेटनरीसमेत अध्ययन गरेका चौधरीले सबै खर्च कटाएर मासिक ५० हजारभन्दा बढी नाफा कमाइरहेका छन् ।

स्वदेशमै पनि आत्मविश्वासका साथ केही खोज्नेलाई राम्रै अवसर छ भन्ने कुरालाई उनको यो सक्रियताले पुष्टि गरेको छ ।

यस क्षेत्रबाट राम्रो संभावना भएको हुँदा अरुहरुलाई पनि कृषि पेशामा लाग्न उनले सुझाव दिने गरेका छन् ।

चौधरीको फर्ममा ३ सय ८० केजी वरावरका बंगुर रहेका छन् ।

पाठापाठी उत्पादनका लागि फर्ममा विभिन्न उन्नत जातका माउ बंगुर समेत छन् । उनको फर्ममा उत्पादन भएका बंगुरका पाठापाठीको माग जिल्लाभित्रै अत्याधिक रहेको छ ।