Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेसको महासमिति बैठकमा आज विधान मस्यौदा पेश हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान मस्यौदा पेश हुने भएको छ ।

मुख्य विषयमा शीर्ष नेताहरुबीच सहमति जुटेसँगै हिजो बसेको केन्द्रीय समितिले पारित गरेको विधानको मस्यौदा आज महासमिति बैठकमा पेश गर्न लागिएको हो । 

महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा गत मंसिर ९ गते प्रस्तुत गरेको विधान संशोधनसहित हिजो पारित भएको थियो ।

केन्द्रीय समितिका तर्फबाट महामन्त्री खड्काले नै आज बस्ने महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्ने कांग्रेसले जनाएको छ । यस विषयमा आजैदेखि छलफल हुने बताइएको छ ।

विधानमा समावेशी आधारलाई अबलम्बन गर्दै सहमहामन्त्रीको संख्या ८ पुर्‍याइएको छ ।

यस्तै केन्द्रीय सदस्यको संख्या १६७, एक सभापति, दुई उपसभापति, दुई महामन्त्री रहने सहमति बनेको छ ।

८ सहमहामन्त्रीमा संविधानको धारा ४२ मा रहेको समावेशी क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ । खसआर्य, महिला, दलित, जनजाति, मुस्लिम, थारु, मधेसी र पिछडिएको क्षेत्रबाट क्लस्टर अनुसार चुनाव हुनेछ ।