२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


प्रतिनिधिसभा हल पुस मसान्तमा र राष्ट्रियसभा हल माघको पहिलो सातामात्र तयार हुने


0
Shares

यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले सरकारसँग ३ करोड ५० लाख मागेको छ ।

सरकारले यसअघिको व्यवस्थापिका संसदलाई संघीय संसदमा पुनर्संरचना गर्न आवश्यक बजेट दिइनसकेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

संसद सचिवालयले पुस मसान्तसम्म प्रतिनिधिसभा हल तयार हुने र राष्ट्रिय सभाहल भने पुरै नयाँ परिकल्पना भएको जनाएको छ । प्रवक्ता गौतमका अनुसार राष्ट्रिय सभाहल तयार हुन माघको पहिलो हप्तासम्म लाग्नेछ ।

राष्ट्रियसभा गठन नभई संघीय संसदले पूर्णता नपाउने तथा प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेकाले संघीय संसदको पहिलो अधिवेशन बस्न माघअघि असम्भव देखिएको हो । –नयाँ पत्रिका दैनिकबाट