२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हिमाली जिल्लाहरुमा ब्यापक हिमपात, जनजीवन प्रभावित (भिडियो)


0
Shares

हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा, ताप्लेजुङ, दार्चुलालगायतका जिल्लाका उच्च भेगमा हिमपात भईरहेको छ ।

हुम्लामा भने सदरमुकाम सिमकोटमै हिमपात भएको छ । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका हिमाली भेगका किसानलाई हिमपातले धेरै राहत पु¥याएको छ ।

बाक्लो हिउँ परेसँगै गाउँघर सेताम्य बनेको छ । बर्षा र हिमपातसँगै यी जिल्लामा जाडो पनि ह्वातै बढेको छ ।

हिमाली गाउँपालीकाहरुमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् ।

(भिडियो हेर्नुहोस)