Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


सात वर्षका बालक महिलाको बन्द कोठामा मृत भेटिए


0
Shares

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् ।

शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो ।

बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले हत्या गरेको आशङ्कामा उनलाई मेलम्ची इलाका प्रहरी कार्यलयमा ल्याइ अनुसन्धान थालिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

मृतक बालकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । रासस