विगतका संसदीय निर्वाचनमा कम्युनिष्टहरुवीचमै तिव्र प्रतिस्पर्धा यहाँ हुने गरेको थियो ।
एउटै गठबन्धनबाट निर्वाचन लड्दा अरुबेला मुकामिला र झडपमाउ उत्रने दुई कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले यस पटक भने विप्लब समुहको बमबारुदको सामाना गर्नु परेको थियो ।
प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको भोजपुरमा माओबादी केन्द्रका सुदन किरातीले ३४ हजार ३ सय ९४ मत प्राप्त गर्दै विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेशजङ रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरेका थिए ।
किराँतीको यो जित पहिलो संविधानसभासंगै दोस्रो पटक हो ।
यस्तै प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबनधनका संघीय समाजबादी फोरमका अजम्वर काङ्माङलाई पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् ।
राईले १९ हजार २ सय ९७ प्राप्त गरेका थिए । भने काङ्माङले ११ हजार ५ सय ४१ प्राप्त गरेका थिए ।
प्रदेशसभा (ख) मा भने मुख्यमन्त्रीको चर्चामा रहेका एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री शेरधन राईले नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीलाई १३ हजार २२९ मतान्तरले पछि पार्दै २० हजार ३३४ मत ल्याएर विजयी बनेका छन् । राईको यो जित ह्याट्रीक हो ।
पटक पटक कम्युनिष्टहरुले निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेको भोजपुरले सरकारमा मन्त्री भने प्रत्येक सरकारमा पाइरहेकै छ । तर विकासका दृष्टिले ‘पूर्वको कर्णाली’ भन्ने गरिन्छ ।
२००७ सालमा राणा शासनका अन्त्यका लागि मुक्ति दल गठन गरेर भोजपुरबाट नारदमणी थुलुङ, रामप्रसाद राईहरुले विद्रोह थालेको जिल्ला राजनीतिक चेतनाका हिसावले निक्कै उर्वर मानिन्छ ।
देशको राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको गृह जिल्ला भोजपुरले पञ्चायत र त्यसपछि बनेका प्रत्येक जस्तो सरकारमा मन्त्री भने पाइरह्यो तर विकास र समृद्धीबाट यो जिल्ला सधै विमुख भैरहेको छ ।
२०४६ सालयता लगातार कम्युनिष्टहरुलाई सत्तामा पुर्यउन भोट दिइरहेका यहाँका मतदाताले नव निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सांसदहरुसंग विकास र समृद्धीका ठूलो अपेक्ष गरेका छन् ।
०६४ सालमा कच्ची सडकले भोजपुर सदरमुकामलाई जोडे पनि हालसम्म यो सडक कालोपत्रे नहुँदा हिउँदमा ६ महिना धुल्लाम्मे सडकमा यातायत गुढ्ने गरेको छ ।
बाँकी ६ महिना भने यातायत ठप्प हुने गर्दा यहाँका जनताले सास्ती बेहोर्नु परेको छ ।
भोजपुर जिल्लालाई जोड्ने भोजपुर-लेगुवा नारदमणी थुलुङ ४४ किलोमिटरको राजमार्ग यथाशीघ्र कालोपत्रे गरीदिन यहाँका निर्वाचित सांसदहरु संग मतदाताको अपेक्ष रहेको छ ।
खानेपानीको व्यवस्था
विजयी सांसदहरुले निर्वाचित हुनुपुर्व मतदाताहरुलाई महत्वकांक्षी विकासका सपनाहरु बाँढेपनि मतदाताहरुलाई ति ठुला सपनाहरुप्रति विश्वास लागेको छैन ।
बरु उनीहरु भन्छन ‘ति ठुला पुरा नहुँने सपना देखाउनको साटो खानेपानी अभावका कारण बर्षेनी बसाँई सराईले बस्ती उजाडीरहेको बेला खाने पानीको व्यवस्थापन गरी दिन आग्रह गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको माइती गाउँ रामप्रसाद राई गाउँपालिका ६ मा मात्रै खानेपानिको अभावमा बर्षेनी ४५ घर बसाँई सर्ने गरेकाछन् जहाँ बसाई सराईका कारण यहाँको गाउ नै उजाडीने अवस्थामा रहेकाछन् ।
स्वास्थ्य सेवा
जिल्ला अस्पताल भोजपुरको भवन निर्माणधिन रहेको यहाँको यहाँ जिल्लाभरी ३ सयको हाराहारीमा स्वास्थ्यकर्मीहरुको दरबन्दी रहेपनि हालसम्म १ सय पचास भन्दा बढी स्वास्थ्यकर्मीहरुको दरवन्दी रिक्त रहेको छ ।
जसका कारण सामान्य विरामी हुँदा जनताहरु सही उपचार नपाएपछि मोटो रकम खर्च गरेर शहरका निजी अस्पतालमा धाउने गरेका छन् भने बर्षायाममा सडक नचल्दा कतिले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ ।
दशबर्ष अघि बेलायत सरकारको सहयोगमा स्थापना गरीएको प्रशुती गृहसमेत दक्ष चिकित्सकको अभावमा बर्षौदेखी निस्कृय रहेको छ ।
जसका कारण सुरक्षित प्रशुती सेवाबाट बन्चित यहाँका दर्जनौ महिलाहरुले बर्षेनी ज्यान गुमाउनु परिरहेको छ ।
यसकारण भएका स्रोत साधनलाई व्यवस्थित गरी दक्ष चिकित्सकहरुबाट स्वास्थ्य शेवा उपलब्ध गराउन यहाँका मतदाताको अपेक्ष निर्वाचित जनप्रतिनिधि समक्ष रहेको छ ।
कृषि बजारीकरण
यहाँका अधिकांश जनता कृषिमा निर्भर रहेपनि उचित बजारीकरणको अभावमा यो पेशामा रहेका कृषकहरु समेत विदेश पलायन हुने अवस्थामा रहेका छन् ।
उत्पादित कृषि उपजलाई बजार व्यवस्थापनको अभावमा मूल्य नपाउँदा र बजारसम्म पु¥याउन भरपर्दो यातायातको माध्यम नहुँदा कृषकहरु आफ्ना पेशाबाटै अलगिने अवस्थामा रहेकाछन् ।
यस कारण नव निर्वाचित यहाँका प्रतिनिधि समक्ष यहाँका कृषिमा आवद्ध रहेका मतदाताहरुले उचित बजारीकरणको प्रवद्र्धन गरीदिन अपेक्ष राखेका छन् ।










प्रतिक्रिया दिनुहोस्