बजार परिसू्चक नेप्से १७ अंकले ओरालो लागेर १५ सय १० विन्दुमा आएर थामियो ।
उत्पादनमूलक समूहबाहेक अरु सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च १ सय ६६ अंकको गिरावट आयो । होटल ४७ अंकले, विकास बैंक २२ अंकले, लघुवित्त २० अंकले र वाणिज्य बैंक समूह १३ अंकले ऋणात्मक रह्यो ।
जलविद्युत् ८ अंकले ओरालो लाग्दा बाँकी समूह सामान्य अंकले ऋणात्मक रहन पुगे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका ११ लाख ८० हजार कित्ता सेयर ६६ करोड ९२ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्